बझाङ। जिल्लाकाे खप्तड छान्ना गाउँपालिकामा १० वर्षे शिक्षा क्षेत्र याेजना निर्माण कार्यशाला गोष्ठी सुरू भएकाे छ।गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा विहीबारबाट ३ दिने शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी संचालन भएको हो ।

कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष विष्णु बहादुर थापाले गर्नु भयो I कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले व्यावसायिक, प्राविधिक र व्यवहारिक शिक्षालाई योजनामा समेट्नु पर्ने धारणा व्यक्त गरे। रीड नेपालसंग शिक्षा क्षेत्रको अनुभव राम्रो भएकाले खप्पतडछान्नामा बिगतका दिनमा भन्दा आगामी दिनहरु सुधार उन्मुख रहने बताए ।

विशिष्ट अथिति गाउँपालिकाका पूर्व अध्यक्ष बर्क बहादुर रोकायाले शिक्षा क्षेत्र योजना निर्माण कार्य राम्रो भएकाले यसलाई निर्माण गरि कार्यन्वयनमा लयाउनु पर्ने भन्दै शुभकामना व्यक्त गरे I

सामाजिक विकास संयोजक वडा न ७ का रमा नन्द जोशिले शैक्षिक सुधारका लागि योजना महत्त्वपूर्ण रहेको दाबी गरे। शिक्षाको समस्या समाधान र वर्तमान अवस्थाबारे टिप्पणी गरेका थिए। त्यसै गरि वडा न. १ का अध्यक्ष देभी भक्त जोशीले शैक्षिक योजना उपयुक्त भएको र योजनालाई सक्रिय रुपमा लागु गर्नु पर्ने बताए I

गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद सोतीले कार्यक्रममा शिक्षा क्षेत्र योजना निर्माण शिक्षाको गुणस्तरमा १० वर्ष सम्म कहाँ पुर्याउने भन्ने दुरदृष्टि सहितको योजना तयार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहने प्रष्ट पारे।

शैक्षिक योजना विज्ञ डा. आनन्द पौडेलले संवृद्व एवंम समतामूलक खप्तडछान्नाको लागि गुणस्तर शिक्षा योजना निर्माण गोष्ठीको बारेमा जानकारी गराउदै पौडेलले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको १० बर्ष शिक्षा क्षेत्र योजना निर्माणको प्राविधिक सहयोग आफुले गरि रहेको र यस गाउँपालिकामा आउने शिक्षाको चुनौतीलाई समाधान गर्न सक्नुका साथै सहयोग र सहजीकरण गर्ने बताए। रीड नेपालका अनुगमन तथा मुल्यांकन प्रबन्धक उपेन्द्रराज जोशीले शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला गोष्ठीको उदेश्य र भावी योजना बारे प्रष्ट पारे ।

कार्यक्रममा वडाअध्यक्षहरु शिक्षा समितिका सदस्यहरु, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्र.अ तथा शिक्षक, वि.व्य.स अध्यक्षहरुको उपस्थिति रहेको रीड नेपाल बझाङ शिक्षा विकास संयोजक जनक जोशीले जानकारी दिए ।

कार्यशाला गोष्ठीको सहजीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव डा. आनन्द पौडेल, रीड नेपालका अनुगमन तथा मुल्यांकन प्रबन्धक उपेन्द्रराज जोशी र रीड नेपालका “पश्चिम नेपाल: संवृद्वि खप्तडछान्ना” कार्यक्रम प्रबन्धक देवराज खत्री, शिक्षा विकास संयोजक जनक जोशीले गरिरहनु भएको छ।